तुलसीपुर, ६ माघ । दाङको तुलसीपुर–५ गैरापातुमा रहेको जन श्रमिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा आज एक कार्यक्रमका बिच विद्यालयका शिशु देखि कक्षा ५ सम्मका विद्यार्थीहलाई शैक्षिक सामाग्रीअन्र्तगत कापी र कलम वितरण गरिएकोे हो । सो अवसरमा बोल्दै विद्यालयकी प्रधानाध्यापक शुशिला भट्टराईले आफ्नो विद्यालयमा धिकांसे गरिब, विपन्न, दलित र अभिभावकविहिन विद्यार्थीहरु अध्यनरत रहेको जानकारी दिनुभयो । सोही समस्यालाई मध्यनजर गरी सहयोग प्रदान गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । विद्यार्थीहरुलाई अझै यस्ता सहयोग आवश्यक भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाईजीले एकपटक गरेको सहयोग बालबालिकाका लागी पर्याप्त नभए पनि निरन्तर विद्यालय आउने वातावरण बन्ने बताउनुभयो । भौतिक शिक्षासँगै अध्यात्म शिक्षाको पनि जरुरी भएकाले बालबालिकाहरुको लागी अभिभावक र शिक्षकले नैतिक, व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसी लगाएतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उदेश्यबारे नेपाल मानव धर्म सेवा समिति युथ संयोजक सुर्य थापाले प्रकाश पार्नुभएको थियो ।
विशेष गरी दाङ सहित देशभर नै आध्यत्मिक कार्यक्रमसँगै शिक्षा अभियान, रक्तदान, सरसफाई लगाएत विभिन्न समाजिक कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समितिले तुलसीपुरमा पनि निरन्तर यी कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समिति तुलसीपुरका अध्यक्ष लिलाप्रसाद शर्माले जानकारी दिनुभयो । “शिक्षित राष्ट्र, शिक्षित बालबालिका” भन्ने नारासहित युवा संगठनद्वारा सञ्चालित “शिक्षा अभियान” कार्यक्रमा विशेषगरी वोर्डिङ स्कुलहरुसँगको समन्वय र सहयोगी दाताहरुबाट शैक्षिक सामाग्रीहरु संलन गरी गरिब, विपन्न बिद्यार्थी अध्यनरत सरकारी विद्यालयमा वितरण गर्दै आईरहेकोे बताइएको छ । नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी प्रभारी महात्मा चाँदना बाईजीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समितिका सञ्चार संयोजक प्रेम कुमारी मगरले गर्नुभएको थियो ।।



