२०८२ माघ १ गते बिहिवार

५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौं,१ माघ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार यो रकम पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरेको थियो । तर वास्तविक सङ्कलन लक्ष्यभन्दा झन्डै १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ । पुस ३० गते एकैदिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया