२०८२ माघ १ गते बिहिवार

तातोपानी नाका फेरि बन्द

फोटो फाईल

काठमाडौ, १ माघ ।चीनतर्फको जङ्गलमा लागेको डढेलोका कारण बन्द भएर खुलेको तातोपानी नाका आज विहिवारदेखि फेरि बन्द भएको छ ।

न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा आइतवार रातिदेखि लागेको ठूलो डढेलोका कारण सोमवारदखि ठप्प भएको नाका बुधवार केहीबेर खुलेको थियो । तर न्यालम र खासाको मध्यभाग तथा छोबिन क्षेत्रको डढेलो ननिभेकाले आजदेखि फेरि नाका बन्द गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिनियाँ प्रशासनले तत्काल नाका सञ्चालन सम्भव नभएको जानकारी गराएको छ । नाका बन्द हुँदा चीनतर्फ जानुपर्ने झन्डै चार सय वटा कन्टेनर अलपत्र परेका छन् ।आगलागीका कारण चीनतर्फको भन्सार कार्यालयको प्रणाली सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया