भाइको हत्या गर्ने दाइ प्रहरी द्धारा सार्वजनिक

 

तुलसीपुर, ९ असोज

पंैसा मागेको भन्दै भाइको हत्या गर्ने दाइलाई सल्यान प्रहरीले सार्वजनिक गरेको छ । गत भदौ १८ गते १४ बर्षका भाइ प्रकाश बुढाथोकीलाई कुटपिटपछि टाईले घाँटी कसेर हत्या गर्ने सारदा नगरपालिका १ श्रीनगर बस्ने दाइ केशर बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
झुण्डीएर आत्माहत्या गरेको जानकारी आए लगत्तै गएको प्रहरीले संकास्पद लागेपछि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा जुटेको प्रहरीले दाइले नै हत्या गरेको निकर्षमा पुगे पछि २२ दिन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । भाइले पाँच सय रुपैयाँ मागेको र एक सय रुपैयाँ दिदा समेत नमानी झगडा गरेकाले घुँडाले छातीमा थिचेर घाँटीमा टाइले कसेर हत्या गरेको बयान दिएको प्रनाउ शाहीले बताए ।

 

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार
प्रतिक्रिया