तुलसीपुर ९ असोज । जिल्ला प्रहरी कार्यालय सल्यानले झन्डै दुई हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीको घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण नियन्त्रण अभियान अन्तर्गत विभिन्न समयमा बरामद गरीएका अवैध मदिरा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि विरेन्द्र शाहीले जानकारी दिएका छन् । जिल्लाको शारदा नगरपालिकाको विभिन्न वडाहरुमा अवैध रुपमा उत्पादन गरिएका घरेलु मदिरा र मदिरा वनाउन प्रयोग गर्ने कच्चा पदार्थ वरामद गरिएको हो ।मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने र स्थानिय स्तरमा अपराधिक घटनाहरु घट्न भन्दै उक्त मदिरा बरामद गरीएको डिएसपि शाहीले बताएका छन् । उक्त घरेलु मदिरा कार्यालयको डम्पिङ साईडमा नष्ट गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार