असोज ७ लाई संम्झदा, ‘म मरे भने मेरो नामको अगाडि आतङ्ककारी लोगो’ नझुण्याईदिनुस्

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ९ असोज ।
दाङ तुलसीपुर ७ शिवटोल निवासी ईश्वरी प्रसाद गैरेको जिवनमा तत्कालिन दश वर्षे जनयुद्धको नराम्रो संग छाप बसेको छ । जुन बिर्सन खोज्दा पनि प्रत्येक वर्षको असोज ७ गतेलाई संम्झदा बेलाबेलामा उनको मनलाई झस्काई रहन्छ । कुरा हो २०५९÷६÷७ गतेको त्यतिबेला तत्कालिन दश वर्षे जनयुद्धको समय थियो । असोज ७ गते बन्गाड कुपिन्डे नगरपालिकाको स्वारा गाउँ एकाएक कोलाहल र त्रास पुर्ण बातावरण सिर्जना भयो ।
सोहि क्रममा जन कल्याण प्राथमिक विद्यालयलाई सिमखर्क ब्यारेकबाट एकाएक आएको तत्कालिन शाही नेपानी सेनाले घेरा हाल्छ । त्यतिवेला दिउँसोको अन्दाजी १ वजेको थियो । त्यसपछि सोहि विद्यालयका सहयोगी नन्द लाल डाँगीलाई नियन्त्रणमा लिएर नजिकैको जङ्गलमा लगेसकेपछि केहि समय पछि ड्याम्म ड्याम्म तीन फायरिङ गरेको आवाज सुनिन्छ । त्यतिवेला दिउँसको अन्दाजी सवा तिन बजेको थियो ।
नन्दलालको हत्या भएको खवर आएको केहि समयमै अर्थात पौने ४ वजेको समयमा फेरी विद्यालय घेरा हाली मलाई र अर्को स्टाफ टिकाराम ज्ञवालीलाई कब्जामा लिन्छ, ईश्वरी गैरेले भने । कब्जामा लगेपछि हाम्रो नियमानुसार गर भन्ने आदेश अनुसार हामी दुबैजनाको हात पछाडि लगिन्छ र बाधिँन्छ । त्यसपछि उत्तरतर्फ बिच जङ्गलमा लगेर हामीबाट बयानलिन सुरु गरिन्छ ।
उनीहरुले हामीलाई आतङककारी हो भनि प्रश्न गर्दा हामीले होईनौ भन्छौ तर उनीहरुले बयान चित्त बुझदो नभएको भन्दै हामी दुईको बिचबाट एक फायरिङ गरिन्छ । त्यो केवल हामीलाई तर्साउनका लागी गरीएको हुन्छ त्या कुरा हामीले पछि थाहा पाउँछौ ।
तर पनि हामीले सत्य कुरा नलुकाएनौँ । त्यसपछि हामीलाई तत्कालिन जयतपानि डाँडाँको नजिकै बिच जङ्गलमा केहि व्यक्तिले भाग्न सके बाँच्ने नत्र मर्ने जस्ता त्रासपुर्ण सुझाव दिन्छन् । यहाबाट ब्यारेकमा लगेभने धेरै दुख र पिडा दिएर हत्या गर्छन् यस्तै यस्तै कुराहरु उनीहरुले हामीलाई सुनाउथे तर हामी कत्तिपनि डराएनौ उनले भने ।
बरु भागेर दुख पाएर मर्नु भन्दा खेलीखेली मर्छु तर भाग्दिन भन्ने जवाफ दिए । मेरो जवाफ सुनेर उनीहरु हाँस्थेँ र भन्छन् मास्टर बाठो छ ।
सोहि दिनको बेलुकी ६ बजेको थियो फेरी सोधपुछ सुरु सुरु भयो हामी माथी । हामीले आफुहरु र नन्दलाल डागी तत्कालिन माओबादि नभएको तर गाउमा तपाईंहरु जस्तै तत्कालिन जनसेना आउछन ,गासबास दिएको मासिक लेबि समेत दिने गरेको त्यो भन्दा अरु कुनै गतिविधिमा संलग्न नभएको भनेर जवाफ दियौ । तर पनि उनीहरुलाई हाम्रो जवाफ चित्त बुझेन होला ब्यारेक भित्र लगे ।
ब्यारेकको गेटमा लैजाने बित्तिकै आँखामा कालो पट्टि बाँधेर जताभावी रुपमा घिसादै लगे । धेरै पिडा भयो तर के गर्नु झुटो बोल्ने कुरा भएन । सत्य कुरा गर्दा उनीहरुले विश्वास गदैनन् । तर पनि बरु मारे मार्छन् झुटो कुरालाई साँचो नबोल्ने अठोट् गरीयो । एउटा घरको आगनमा लगे पछि फुटबल खेले झै लात्तीले १२ ÷१३ जनाले जत्तिले लातले हिर्काउछन् ।
धैरै यातना दिन्छन् । आँखामा पट्टी बाधिएको र हात पछाडि बाधिएको हुन्छ ।केहि देखिदैन एकोहोरो छालाको बुटले हिर्काएको मात्र थाहा हुन्छ । केहि समय पछि कोठाभित्र लगेर सोधपुछ गर्छन । सम्पूर्ण बायोडाटा भनि सकेपछि उनीहरुले भरुवा बन्दुक सहित दोहोरो मुडभेटमा एक जनाको मृत्यु भएको केही भागेका र दुई जनालाई जङ्गल बाट कब्जामा लिएको भन्ने रिपोर्ट तयार पार्छन् । त्यो कुरा हामीले थाहा पाए पछि स्विकार गदैनौ ।
तर हामीले बास्तविक कुरा हामीलाई स्कुलबाट पौने चार वजे समातिएको हो । हामी आतङ्ककारी होईनौं भन्ने बयान दियौं उनले भने । राति खानाखान दियो तर खाना के रुच्थ्यो र त्यति धेरै यातना खेपी नसक्नु भएकाले खाना खाने मन नहुदा पनि उनीहरुले जबर्जस्ती खान बाध्य बनाए ।
त्यस पछि साँझ सुत्ने समयमा अलगअलग कोठामा राखीयो । तर कोठामा कम्ब्याट ड्रेस र झोला झुन्डिएर राखिएको र जुत्ताको लाईन मिलाएर राखिएको थियो । राति केही भएन बिहान उठदा शरीर दुखेको थियो । बिहानको खानापछि मलाई सिमखर्क ब्यारेकको अग्लो डाडामा लगियो गैरेले भने । फेरी यातना सहित बयान लिन सुरु गरियो यति सम्म भएकोकी नङमा आलपिन घोच्ने,करेन्टको झड्का दिने,१० लिटरको पानी जबर्जस्ती पिउनुपर्ने, खाल्डोमा कम्मरमुनिको भाग जमिनमा गाडिदिने र बन्दुक पड्काउने र गोली पनि लाग्दैन ।
अनि उनीहरु भन्छन् अन्तिम ईच्छा के छ भनेर सोध्छन् तर मेरो जवाफ यस्तो दिन्छु ‘म मरे भने मेरो नामको अगाडि आतङ्ककारी लोगो’ नझुण्याईदिनुस् यसो भन्दा उनीहरु गलल् हाँस्छन् । उनीहरुले यसो गर्दा अव यत्तिकैमा मरिने भयो जस्तो पनि लाग्यो । तर उनीहरुले मारेनन् । धैरै यातना र दुख पिडा भने हामीले सहनु प¥यो ।
दैनिक पिडा दिदा पनि सहन बाध्य भयौ यसरी ११ दिनसम्म हाम्रो समय यसरी नै वित्यो । उनीहरुको अनुसन्धानबाट हामी दोषि ठहर नभएर होला सायद हामीलाई बाँच्ने भन्ने थियो होला अन्ततः२०५९÷६÷१८ गते जिल्ला प्रशासन कार्यालय सल्यानमा ल्याएर तारिखमा छोडियो । यसरी मेरो जिबनमा जनयुद्धको समयमा यातना र पीडा सहनुप¥यो ।
म त्यसै दिन नन्दलाल डागीले झै बिरगति प्राप्त गरि मृत्युवरण गरेको भए अहिलेको यो संसार र यो अबस्था देख्न पाउने थिएन उनले भने त्यो दिन संम्झदा अझै पनि मन झसङग हुन्छ । यो घटना मेरो जिवनको लागी अविस्मरणिय क्षण बनेको छ ।उहा अहिले विभिन्न सामाजिक संघसंस्थामा काम गदै आउनु भएको छ । लामो समय सम्म शिक्षक पेशा अगाल्नु भएका गैरेले अहिले शिक्षक पेशा छाडेर समाजसेवामा क्रियाशिल हुदै आउनु भएको छ ।

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार
प्रतिक्रिया