आज दिनभर विद्युत सेवा अवरुद्ध हुने

लक्ष्मण विश्वकर्मा ,९ असोज ।
आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार दाङको देउखुरी क्षेत्र बाहेक घोराही, पश्चिम दाङ ,सल्यान र रुकुममा आज दिन भर विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही घोराही तुलसीपुर १३२ केभि र ३३ केभि सवस्टेशनसम्म १३२ केभि प्रसारण लाईनको तार तान्ने काम भईरहेको हुदा विद्युत सेवा अवरुद्ध गर्नुपरेको तुलसीपुर वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार विहान ८ वजेदेखी बेलुकी ५ वजेसम्म बिद्यतु आपुर्ति बन्द हुने भएको छ । निर्धारण गरेको समय भन्दा अगाडी नै काम सम्पन्न भएमा विद्युत सेवा सुरु गरिने जनाईएको छ ।

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार
प्रतिक्रिया