मृतक डाँगीको शव १३ दिनको आफन्तीले बुझे

तुलसीपुर, ८ भदौ ।करेन्ट लागेर ज्यान गुमाएका तुलसीपुर ८ कट्कुईया निवासी १६ वर्षिय कपिलराज डाँगीको शव आफन्तीले सामेवार बुझेका छन् । उनको गत भदौ २७ गते बुधवार करेन्ट लागेर ज्यान गएको थियो । मृतकका आमा देशबाहिर भएकाले उनी हिजो मात्र घर आईपुगेपछि आईतवार दुवै पक्ष विच छलफल भएको थियो । छलफल पछि मृतक डाँगीको शव १३ दिनको सोमवार आफन्तीले बुझेका हुन् । सोही ठाउँका स्थानिय विष्णु प्रसाद भण्डारीको घरमा काम गर्न गएको समयमा करेन्ट लागेर डाँगीको ज्यान गएको थियो ।

भण्डारी विरुद्ध उनका मृतकका आफन्तीले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी समेत दिएका छन्।
मृतक डाँगीका आफन्तीले यस अघि दोषीलाई कडा कारवाहि र उचित क्षति पुर्तिको माग राख्दै शव बुझन मानेका थिएनन् । भण्डारीलाई नियन्त्रण लिएर म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार
प्रतिक्रिया