‘फोहरमैला व्यवस्थापन कार्यविधि जारी’

तुलसीपुर, ८ असोज
घोराही उपमहागनरपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि जारी गरेको छ । यो कार्यबिधीले नगरलाई सुन्दर र हरीयाली नगरका रुपमा विकास गर्न सहज पुग्ने उपमहानगरपालिकाले अपेक्षा गरेको छ । जथाभावी फोहर फाल्ने तथा अटेरी गर्नेलाई लक्षीत गरि कार्यबिधी तयार गरिएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौंधरीले जानकारी दिनुभयो ।

कार्यबिधी पालना नगर्नेलाई तीन हजार देखि एक लाख सम्मको जरिवाना तथा तीन महिना सम्म कैद हुनेसम्मका सजाय रहेको उपमहानगरपालिकाले जनाएको छ । कार्यबिधीका अनुसार तोकिएको समय र स्थान बाहेयक अनेत्र फोहर गर्नेलाई पहिलो पटक तीन हजार, दोस्रो पटक भए कसुर अनुसार ७ हजार र तेस्रो पटक भन्दा बढी नियम उलंघन गर्नेलाई १० हजार रुपैयाँ समम जरिवान गर्ने उल्लेख छ । त्यसैगरी फोहर व्यवस्थापन गर्न राखीएका कन्टेनर तोडफोड गर्नेलाई १५ हजार देखि ५० हजार रुपैया जरिवान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार
प्रतिक्रिया