बिरामी अध्यक्षलाई मेयरले अस्पतालमै पुगेर भेटे

तुलसीपुर ७ असोज

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले केहि दिन अघि अचानक बिरामी हुनु भएका तुलसीपुर उपमहानगरपालिका – १९ का वडाध्यक्ष रामबहादुर योगीको स्वास्थय अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सांसद मेटमणी चौधरीसंगै पुग्नु भएका मेयर पाण्डेले काठमान्डौमा रहेको न्युरो अस्पतालमा उपचार गरीरहनुभएका अध्यक्ष योगीको स्वास्थ्य अवस्थाका बारेरमा बुझनु भएको हो ।

 

 

 

प्रकाशित मिति : २०७५ असोज ७ गते आइतवार
प्रतिक्रिया