तुलसीपुर ६ असोज
सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र सञ्चार क्षेत्र बीच भएको सम्वाद कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । सो अवसरमा तुलसीपुर उच्च अदालतका रजिष्टार श्रीलाल पौडेलले अदालतले आफुले दिने सेवासुविधाका बारेमा विज्ञापन नगर्ने भन्दै कानुन बमोजिम अदालतमा प्रवेश भएका मुद्दालाई निश्पक्षताका साथ प्रमाणका आधारमा किनारा लगाउने बताउनुभयो । आर्थिक कारणले अदालतमा पहुँच राख्न नसक्ने गरिब बर्गका लागि समेत न्यायामा पहुँच पु¥याउन वैतर्नीक वकील राखेर सेवा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बलात्कार, बोक्सी जस्था जघन्य प्रकृतिका घटनामा आर्थिक पक्ष हाबीभएको गुनासो गर्नुभयो । बिचौलीयाको चलखेलका कारण आर्थिक लेनदेनमा कुरा मिलाउने गरेकाले पिडितले उजुरी दिन समेत नमानेको प्रनाउ सापकोटाले बताउनुभयो । ‘पहिला प्रहरीमा आउँछन’– प्रनाउ सापकोटाले भन्नुभयो, ‘आर्थिक प्रलोभनमा परेर जब बाहिर कुरा मिल्छ त्यसपछि पिडित पक्षले उजुरी दर्ता गराउभनेपनि गराउँदैनन् ।’
कार्यक्रममा कानुन व्यवसायी मोहन धितालले अन्तराष्ट्रिय अनुभवका आधारमा महिला हिंसाका घटनालाई जति सार्वजनिक ग¥यो त्यति घटनामा न्युनिकरण हुने बताउनुभयो । त्यस्तै बालअधिकारकर्मी निरला अर्याल गैरेले राजनीतिक दबाब र पहुँचवालाको हाबीका कारण हिंसा पिडितले सुरक्षा र न्यायको अनुभूति गर्न नसकेको टीप्पणी गर्नुभयो ।
कार्यक्रमा सहभागी पत्रकारहरुले प्रहरी, न्यायीक समिति र अदालतले अपेक्षा अनुसार सूचना दिन नसकेको भन्दै गुनासो गरेका थिए । नेपाल पत्रकार महासंघका सदस्य गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमागनरपालिका न्यायीक समिति सदस्यद्धोय जानका रेग्मी, यमुना परीयार, इलाका प्रहरी कार्यालय महिला सेल फाँट प्रमुख माया चौंधरी, पत्रकारहरु नारायण खड्का, गोपाल शर्मा भट्टराई, अन्जना चौधरी, नारायण भण्डारी लगाएतले आ–आफना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण महासंघका सहसचिव शर्मीला डिसीले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं सर्चफर कमनग्राउण्ड र युकेए आईडीको साझेदारीमा कार्यक्रम भएको हो ।