हत्या गरेको आरोपमा अनुसन्धानपछि अभियुक्तलाई जिल्ला अदालतमा बुझाईयो

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर ६ भदौ ।
बोक्सीको आरोपमा सासुको हत्या गर्ने अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रवार अनुसन्धान पछि मुद्धा जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत सल्यानमा बुझाएको जनाईएको छ । हत्या गरेको आरोपमा दाङको दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४४ बर्षिया टंकी रावत र घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ वेलुवा निवासी ४० वर्षिय पवित्रा गिरीलाई प्रहरीले पक्राउ गरी पुर्वपक्षका लागी थुनामा राखेको छ ।
टंकी रावतले आफनी सासुआमा तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ७० बर्षकी सासु खोपी रावतको हत्या गरेको आरोप लागेको छ । उनी साईली बुहारी भएको बताईएको छ ।उनले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र ४ गते झाक्रि सामु झारफुक गराउँदा झाक्रिले आफनै घरको बोक्सी लागेको बताएपछि उनीहरुले हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
त्यसपछि भदौ ५ गते घर फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरी फाले पनि उनको शव स्थानियले १५ गते शव फेला पारेपछि प्रहरीलाई खवर गरिदिएका थिए । घटनापछि आरोपी टंकी रावतलाई प्रहरीले १६ गते कपिलबस्तुबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७५ असोज ६ गते शनिवार
प्रतिक्रिया