२०८२ माघ २ गते शुक्रवार

दाङको कोइलावास भन्सारमा ३९ लाख रुपियाँ राजस्व सङ्कलन

दाङ,२३ मंसिर । दाङको कोइलावास भन्सार कार्यालयले ३९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । नेपाल–भारत सीमाअन्तर्गत रहेको कोइलावास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा ३९ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।जिल्लाको एक मात्र भन्सार कार्यालयका रूपमा रहेको कोइलावासले लक्ष्यभन्दा १८ लाख रुपियाँ कम राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले पहिलो चौमासिक अर्थात् कात्तिकसम्म ५७ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ लाख ५८ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गर्न सफल भएको कोइलावास भन्सार कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो।

राजस्वमध्ये पाँच लाख मुद्दा लिलामीबाट र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको छ । कार्यालय प्रमुख विष्टका अनुसार साउन महिनामा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा नौ लाख ९० हजार रुपियाँ, भदौमा १४ लाख ९८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भएकोमा ६ लाख ६८ हजार राजस्व सङ्कलन भएको थियो । असोज महिनामा १४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आठ लाख रुपियाँ र कात्तिक महिनामा १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा नौ लाख ६३ हजार सङ्कलन भएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया