नमस्तेका बस सडकमा हुईकिदै

 

ओपेन्द्र बस्नेत
तुलसीपुर, ५ असोज/ कतिपय यातायात समितिले काटेको टिकट समेत फिर्ता गरिरहेका बेला नमस्ते राप्ती यातायात प्रालीले आफना गाडिहरु संचालनमा ल्याएको छ । नमस्ते राप्ती यातायात प्रालीका अध्यक्ष बामदेव खनालले आज मात्रै सल्यान र रुकुमका लागि तुलसीपुरबाट नौ वटा बसहरु पठाउने बताउनुभयो । विहान ९ बजे सम्म तुलसीपुरबाट ५ वटा बसहरु पठाएको अध्यक्ष खनालले बताउनुभयो ।

त्यसैगरी काठमान्डौ ४ वटा, दिल्ली एक वटा पठाउने र अन्य रुढहरुमा पनि चलिरहेको अध्यक्ष खनालले बताउनुभयो । अध्यक्ष खनालले बन्दको पछि नलाग्न भन्दै आफना प्रालीका गाडीहरु संचालनमा आएको बताउनुभयो । ‘ हाम्रो धर्म भनेको यात्रुलाई गन्तव्यमा पु¥याउनुह हो ’– खनालले भन्नुभयो ‘ जस्तो सुकै कठिन परिस्थीतिमा पनि हाम्र गाडिहरु सडकमा हुइक्निछन रोकीदैनन् ।’

सडकमा, बिचबाटोमा, बस पार्कमा अलपत्र परेका यात्रुको पिडालाई टुलुटुलु हेर्न नसक्ने भन्दै उहाँले मजदुरहरु मानवीय सेवामा निरन्तर लाग्ने बताउनुभयो । प्रालिको तुलसीपुर, घोराही, लमही, भालुबाङ लगाएतका विभिन्न ठाउँमा रहेका टिकट काउन्टरहरुमा यात्रुलाई गन्तव्यमा पु¥याउन टिकट बुक गर्ने काम भइरहेको बताइएको छ ।तुलसीपुरमा रहेका राप्ती अंचल सार्वजनिक वस व्यवसायी समिति, तुलसीपुर डिलक्स, मालिका कालिका लगाएत अन्य ७ वटा समितिका गाडि मजदुरको आन्दोलनका कारण संचालनमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : २०७५ असोज ५ गते शुक्रवार
प्रतिक्रिया