काटेको टिकट फिर्ता,, सयौ यात्रु तुलसीपुरमा अलपत्र

तुलसीपुर, ५ असोज
रुकुमको खलङ्गा घर बताउने पीमा बुढा ९ महीनाको बच्चा काखमा र झोला पछाडी बोकेर बस पार्कमा पुगीन । हिजो बेलुकी नै टिकट काटेर ठिक्क परेकी उनी बस चढ्न भन्दै विहान हतारहतार गर्दै सल्यान रुकुम काउन्टर पुग्ने बेला नम्बर लगाएको गाडि त्यहाँ थिएन । गाडि खैत भनि काउन्टरमा सोधीखोजी गर्दा आज ड्राइभरले गाडी चलाउैदन भन्ने जवाफ आयो ।

रुकुम सिम्लीका लागि विहान ६ बजे छुट्ने भनिएको ना४ख ५१६८ नम्बरको बस चालकले आफु नजाने भने पछि घर पुग्ने उनको आशा निरासामा परिनत भयो । बालकको उपचारका लागि १० दिन अघि वुटवल पुग्नु भएकी पीमा भएको पैसा उपचारमा सकीएपछि उनिसंग गाडी भाडा बाह्यक पैसा छैन । आर्थिक अभावमा बिस्कुट खाएर रात काटेकी उनलाई बस नचले पछि ठूलो पिडाले सताएको छ ।

यो उदाहरण मात्रै हो । विहानै गन्तव्यमा जान भन्दै तुलसीपुरको बस पार्कमा आएका सयौं यात्रुहरु बस नचले पछि अलपत्र परेका छन् । ‘यो देशमा सरकार छकी छैन ? ’ – रुकुमको झुलनेटा जाने भन्दै आएका ५१ बर्षका रामबहादुर खत्रीले भन्नुभयो ‘यत्रो जनता सडकमा अलपत्र पर्दा कुनै वास्ता छैन ।’ ४० जना यात्रुको टिकट फिर्ता गरिएको सल्यान रुकुम काउन्टरका मेघराज केसीले बताउनुभयो । ‘ विहान साढे आठ बजे सम्मको टिकट काटेका थियौ ।

मान्छे पनि आइरहेका थिए ’ केसीले भन्नुभयो ‘ ड्राइभरले जान्नौ भनेपछि टिकट फिर्ता र थप बुक गर्न छोड्यौं ।’ सवारी मज्दुरहरुले सवारी दुर्घटनामा कडा ऐन ल्याएको भन्दै संशोधन नभए सम्म नचलाउने बताउदै आएका छन् । यता राप्ती अंचल डायल इन्चार्ज प्रकाश भट्टले राप्ती समिती बस चलाउने पक्षमा भए पनि चालकले नचालाउदा समस्या पैदा भएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०७५ असोज ५ गते शुक्रवार
प्रतिक्रिया