घाईते बस्नेतलाई जापानवाट सहयोग

 

दाङ, असोज ४ । रोजगारीको सिलसिलामा मेलेसियामा सवारी दुर्घटनामा परि गम्भीर घाइते भइ उपचाररत दाङका डम्बर बस्नेतलाई जापान बाट आर्थिक सहयोग प्राप्त भएको छ । राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको छ । राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियू सभापति अनिल कार्की, क्याम्पस व्यवस्थापन समितिका सदस्य विनिल केसी र व्यवसायी दुर्गा खड्काले संयुक्त रुपमा उक्त रकम बस्नेतलाई हस्तान्तरण गरेका हुन । राप्ती बबई क्याम्पसका स्ववियू सदस्य समेत रहेका घाईते डम्बर बस्नेतको उपचारको लागि जापानमा रहेका क्याम्पसका स्ववियू सदस्य तुलसीराम न्यौंपाने, साथिहरु रमेन्त केसी,नागरायण बुढा मगरले सहयोग संकलन गरि पठाएको कार्यक्रममा स्ववियू सभापति कार्कीले जानकारी दिएका थिए ।

यसअिघ घाइते स्ववियू सदस्यको उपचारमा सहयोग पुगोस भनेर राप्ती बबई क्याम्पस स्ववियूको पहलमा १ लाख ५४ हजार बढी रकम संकलन गरि परिवारलाई प्रदान गरिएको थियो । त्यस्तै अमेरिका बाट एकजना युवा अमित जंग वलीले व्यक्तिगत ४८ हजार रुपैंया सहयोग गरेको बस्नेतको परिवारले जानकारी दिएको छ । त्यसैगरी आफन्त बाट उपचारमा सहयोग पुगोस भनेर थप २ लाख बढी सहयोग प्राप्त भएको बस्नेतकी पत्नी ऊंकुमारी बस्नेतले जानकारी दिइन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३३ बर्षीय बस्नेत ४ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । बस्नेत गत माघ १५ बस्नेत मोटरसाईकको ठक्करवाट गम्भीर घाइते भएका थिए । उनको मस्तिष्कमा व्लड जमेको हुँदा ६ महिना आईसियूमा राखेर उपचार गरिएपछि केही सुधार भएको छ । तर अझैंपनि पूर्ण रुपमा उनी निको भइसकेका छैनन् । विमा कम्पनीले उपलब्ध गराएको रकम अपुग भएपछि बस्नेतको उपचारमा समस्या भएपछि परिवार जनले सहयोगको याचना गरेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बस्नेत पत्नी ऊँकुमारीले सहयोग दाता सबै प्रति धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण फोटो पत्रकार राजेश खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज ४ गते बिहिवार
प्रतिक्रिया