दंगिशरण गाँउपालीकाले संविधान दिवश यसरी मनायो

दिप्तीशिखा चौधरी ,तुलसीपुर ३ असोज ।

दङगीशरण गाँउपालिकाले आज बिभीन्न कार्यक्रमको आयोजना गरी संबिधान दिवश मनाएको छ । संबिधान दिवश २०७५ को उपलक्ष्यमा गाँउपालिकाले प्रभातफेरी , सरसफाई तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रमको आयोजना गरी सबिधान दिवश मनाएको हो । गाउापालीकाका अध्यक्ष भागीराम चौधरीको अध्यक्ष्ता एंव मानीनीय सांसद उत्तर कुमार वलीको प्रमूख आतीथ्यमा गाउँपालीकाको प्रांगनबाट शुरु भएको प्रभातफेरी बिरेन्द्र निम्न मा.बि हेकुलीको प्रांगनमा गएर कोणसभामा परीणत भएको थियो ।

भाषण भन्दा पनि यस्ता खालका प्रतीयोगीतात्मक कार्यक्रम राखेमा बाहिर पनि राम्रो खालको शन्देश जाने गाउँपालीकाका प्रशासकीय अधिकृत मार्सल कुमार वलीले जानकारी दिनुभयो । ¥यालीमा वडा न.१ का अध्यक्ष श्रीप्रशाद चौधरी, वडा न. २ का तुल्सीराम देवकोटा , वडा न. ३ का पूर्ण बहादुर चौधरी, वडा न. ४ का नेव बहादुर कवँर, वडा न. ५ दिपक गौतम, वडा न. ६ का टंक वली , वडा न. ७ का बिरबहादुर वली राष्ट्रिय यूवा परिषद दाङका अध्यक्ष शुरेस कुमार रावत , दङ्गीशरण युवा परिषदका प्रधानमन्त्री सीएम बिश्वकर्मा लगाएत जनप्रतीनिधी तथा आम नागरीकहरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय गान पछि रेफ्री राजन घर्ती मगरले सीटी बजाउँदै खेलाडिहरुलाई खेल शुरु गर्न संकेत गरेपछि खेलको पहिलो हाफको १५ मिनेटमै कर्मचारी तर्फबाट क्याप्टेन प्रशित आचार्यको गोल बाट कर्मचारीको टिमले सुरुवाती अग्रता लिएको थियो । कर्मचारी टोली अझ उत्साहित भएर मैदानमा उत्रीयो भने बिर बहादुर वलीको क्याप्टेनमा रहेको जनप्रतिनिधिहरुको टोलीले गोल गर्ने आशामा खेल्न कस्सीयो । पहिलो हाफको समाप्ती पछि खेलाडि दोस्रो हाफमा मैदानमा उत्रीए ।

खेलको दोस्रो हाफको ५५ मिनेटमा फेरी पनि क्याप्टेन प्रशित आर्चायले १ गोल गरेर अग्रता दोब्बर पारे । जनप्रतिनिधिको टोलीले हार नमानी  दोस्रो हाफको ६० औँ मिनेटमा जनप्रतिनिधिको तर्फ बाट सांसद उत्तर कुमार वलीले १ गोल गरी खाता खोल्न सफल हुनुभयो । खेलको ७० औँ मिनेटमा सांसद वलीले फेरी पनि आकर्षक ढंगले थप १ गोल गर्नुभयो । बराबरीमा रहेको खेल ७२ मिनेटमा कर्मचारी तर्फबाट यम प्रशाद नेपालीले थप १ गोल गरेपछि कर्मचारीको तर्फ बाट तेस्रो गोल हुन पुग्यो  । खेलको ७७ औँ मिनेटमा जनप्रतीनिधि बाट सुकलाल चौधरीले १ गोल गरेर खेल बराबरीमा आयो ।

८० मिनेटमा कर्मचारी बाट बिष्णु बहादुर क्षेत्रीले १ गोल गरेर फेरी पनि अग्रता दिलाए । खेलको अन्तीममा आउँदा कर्मचारी टोलीले अग्रता दिलायो । खेलको ८७ औँ मिनेटमा कर्मचारी बाट अनन्त गौतमले फेरी १ गोल गरेर जम्मा ५ गोल गरी कर्मचारी टोली बिजयी भयो । कर्मचारी टोली ३ का बिरुद्ध ५ गोल गरी बिजयी भयो ।

 

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार
प्रतिक्रिया