प्राविधिक शिक्षा सञ्चालन गरेका दुई विद्यालयले १०/१० लाख पाउने

तुलसीपुर,१ असोज ।

तुलसीपुर उपमहानगरपालिकाले असोज ३ गते तेस्रो संविधान दिवस विशेष कार्यक्रमका साथमा मनाउने भएको छ । उपमहानगरपािलकाले नेपाल जनताको लामो समयदेखिको संविधान निर्माणको सपना पुरा भएको खुसीयालीमा संविधान दिवस मनाउन लागेको हो । कार्यपालिकाको ४४ औ वैठकले उप महानगरपालिकाको कार्यालयमा उपप्रमुख माया आचार्यको संयोजकत्वमा र हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा विविध कार्यक्रमका साथमा संविधान दिवस मनाउनका लागि आयोजक समिति वनाउने समेत निर्णय गरेको प्रवक्ता सुर्यवहादुर डाँगीले वताएका छन् ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले प्राविधिक शिक्षा सञ्चालन गरेका थप दुई वटा सामुदायिक विद्यायलहरु अमर मावि उरहरी र जनकल्याण मावि दुधरासलाई १० लाखका दरले ल्याव निर्माणका लागि प्रोत्साहन रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ ।।

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार
प्रतिक्रिया