६ दिन वितिसक्दा समेत बालकको शव उठेन


तुलसीपुर १ असोज
६ दिन अघि करेन्ट लागेर मृत्यु भएका एक किशोरको शव आफन्तले बुझेका छैनन् । पिडितहरुले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर १६ बर्षका बालकलाई श्रममा लगाउनेलाई कडा कारबाही र उचित क्षेतिपूर्ति नहुँदा सम्म शव नबुझने बताएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका –८ कटकुईयाँ निवासी विष्णु प्रसाद भण्डारीको घरमा काम गर्न गएका बालक कपिलराज डाँगीको गत भदौ २७ गते करेन्ट लागेर मृत्यु भएको थियो ।
करेन्ट लागेको दुई घन्टासम्म पनि बालकलाई उपचार गर्न लग्नुको साटो घरमै राखेर आफन्तलाई समेत खबर नगर्नुले भण्डारीको नियतमा समेत संका गर्ने प्रसस्तै ठाउँ रहेको काका (अंकल) लेखनाथ डीसीले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा ५० रुपैयाँ दिन्छु भनेर बालकलाई गोबर फाल्न लगाएर हातखुट्टा धुन करेन्ट जडित धरामा पठाएको उल्लेख छ ।
‘५० मिटरको दुरीमा रहेको आफना मामालाई समेत खबर नगरेर बालकलाई पानी खुवाउँदै र मालिस गर्दै बसाउने काम गरियो, ’ – काका (अंकल) लेखनाथले भने ‘करेनट लाग्ने वित्तिकै आफन्तलाई खबर गरेर अस्पताल पु¥याएको भए उसको ज्यान बच्ने थियो ।’ घटनालाई प्रहरीले गम्भिर रुपमा नलिएको भन्दै पिडितहरुले उजुरीलाई समेत परिवर्तन गर्न लगाएर दर्ता गरेको दबी गरेका छन् । घटनलाई सुक्ष्म रुपमा अध्यन अनुसन्धान गरी बास्तविक सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न विज्ञप्तीमा माग गरिएको छ । बालको शव राप्ती अंचल अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।
मृतक किशोरको बुवा नभएको र आमा भिमि कुमारी डाँगी पनि बैदेशिक रोजगारको शिलशिलामा देश बाहिर रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार
प्रतिक्रिया