दशैअघि टरीगाउँ एयरपोर्टबाट जहाँज चल्छ : मन्त्री अधिकारी

तुलसीपुर ३१ भदौ / अबरुद्ध तुलसीपुरको टरीगाउँ विमानस्थल सेवा सुचारु गर्न तुलसीपुर उपमहानगरपालिकाले धावनमार्गमा अन्तरकृया कार्यक्रम गरेको छ । २०११ सालमा राप्तीमा पहिलोपटक स्थापना भएको यस एयरपोर्टमा नियमित विमान सेवा सुचारु हुन नसकेपछि उपमहानगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आथित्यमा कार्यक्रम गरेको हो ।एयरपोर्टमा भएको कार्यक्रमलाई सम्बोधन गर्न गाडीमा पुगेका मन्त्री अधिकारीले दशै अघि नै टरीगाउँ विमानस्थलबाट हवाई सेवा सुचारु गर्ने बताए । । ‘दाङको कुरा गर्दा हिजोरातभर एयरपोर्टको विषय दिमागमा घुमिरहयो’– पर्यटनमन्त्री अधिकारीले भने ‘गर्ने भनेपछि त्यो काम कसरी हुन्छ सम्पन्न गर्ने मान्छे भएकाले उपायको खोजी गरीरहे ।’
अबरुद्ध एयरपोर्टमा जहाँज चलाएर कसरी देखाईदिने भन्ने चिन्ता भएकाले पनि जहाँज छिटै उड्ने प्रतिवद्धता व्यक्त समेत गरे । मायामारी सकेका बाराको निजगड र सुर्खेत विमान स्थलबाट मन्त्री भएर आएपछि हवाई सेवा सुचारु गरेको बताउदै मन्त्री अधिकारीले टुवीनेट्र जहाँज चलाउन कुनै अपठेरो नभएको बताए । काठमान्डौबाट सिधै दाङ चलाउने कि काठमान्डौ भैरहवा दाङ चलाउने भन्ने कुराको मात्रै निक्र्योल गर्न बाँकीरहेको भन्दै उनले सम्भवतः काठमान्डौ, भैरहवा र दाङ उडानसेवा भर्ने बताए । बैकल्पीक विमान स्थलको चर्चामा आएको नारायणपुरको अन्तराष्ट्रिय विमान स्थलको निर्माण कार्य सम्पन्न नहुँदा सम्म टरीगाउँ विमान स्थलबाटनै नियमित विमान सेवा सुचारु गर्ने बताउदै मन्त्री अधिकारीले टरीगाउँ एयरपोर्टलाई पाइलटहरुको तालिम केन्द्रको रुपमा विकास गर्ने बताए । सो अवसरमा संघिय सांसद मेटमणी चौंधरी, हिराचन्द्र केसी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक शान्ता चौधरी, राष्ट्रिय सभासदस्य अनिता देवकोटा, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रदेश सांसद पार्वती शर्मा डिसीले दंगालीको ठूलो सपना नियमित विमान सेवा होस भन्ने चाहाना भएकाले आशालाई निराशामा परिनत नगर्न सरकारसंग माग गरेका थिए । भैरहवा र नेपालगञ्जबाट जहाँज चढ्दा आत्मलगानी हुने भन्दै उनिहरुले जहाँज किन्ने बाह्यक सबै भुमिका निर्भाह गर्न दाङ बासी तयार रहेको बताएका थिए । सो अवसरमा तुलसीपुर उपमहागनरपालिका मेयर घनश्याम पाण्डेले दैनिक ४ वटा नेपाल एयरलाईन्सका जहाँज चलाउन मन्त्री अधिकारी संग आग्रह गरे । ब्राउजर मेसीन र दुई वटा टयाँकर राख्ने विषयमा करिब करिब टुङ्गोमा पुगिसकेको बताउदै मेयर पाण्डेले त्यो नगरिए कडा चुनौतिको सरकारले सामाना गर्नु पर्ने बताए ।
तुलसीपुर चेम्बरले बुझायो ज्ञापनपत्र
सो अवबसरमा तुलसीपुर चेम्बार अफ कमर्सले विभिनन माग समेटिएको ज्ञापन पत्र बुझाएको थियो । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले, टरीगाउँ विमानस्थल नियममित सुचारु हुन पर्ने, इन्धन डिपो स्थापना गरिनुपर्ने, तुलसीपुर घरोही सडकमा निर्माणाधिन पुलको निर्माण कार्यलाई तिब्रता दिनु पर्ने, हलवारमा रहेको सिद्ध चमेरे गुफा, छिल्लोकोट, पुरन्धाराको छहरा, सुकौरमा रहेको दंगीशरण दरबार लगाएतका पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने माग समेटीएका ज्ञापनपत्र बुझाएका थिउ । यसैविच मन्त्री अधिकारीले तुलसीपुर ४ मा रहेको राप्ती शान्ति उध्यानको पनि स्थलगत अवलोकन गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार
प्रतिक्रिया