अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ, ठगी गर्ने एक व्यक्ति प्रहरी फन्दामा

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ३१ भदौ ।
दाङमा एक जना व्यक्ति ग्क्ब् अटोमेटिक पेस्तोल सहित पक्राउ परेका छन् अर्का एक जना ठगी गरेको आरोपमा पक्राउ परेका छन् । दुवै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले आईतवार सार्वजनिक गरेको छ । पेस्तोल सहित पक्राउ पर्नेमा दाङ घोरीही उपमहानगरपालीका वडा नं. १३ बडहरा निवासी २७ वर्षिय बिर बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई हिजो साँझ साढे सात वजेतिर अबैध हतियार बोकी हिडिराखेको छ भन्ने विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

अभियुक्त चौधरीलाई वडा नम्वर १५ बुद्धी ग्यारेज नजिकै फेला पारी रितपुर्वक खानतलासी गर्दा चौधरीकोे बायां तर्फ पाईन्टको बेल्टमा लुकाई छिपाई राखेको Automatic Pestol Made In USA लेखिएको ७.६५ क्यालिभरको पेस्तोल सहित म्याग्जिन १ थान,४ राउण्ड गोली र चौधरी सवार कालो रङको २२० सीसीको रा ४ प २४६६ नम्वरको मोटरसाईकल समेत बरामदर गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिएका छन् ।
यसैविच प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.१ चरिकोट घर भई काठ्माण्डौं पेपस्सीखोला बस्ने अन्दाजी ५० वर्षिय कालि बहादुर लामा पक्राउ परेका छन्् ।

उनले सल्यान शारदा नगरपालिका वडा नं.३ बडाखोला बस्ने भिमसेन भण्डारीका छोरा २० वर्षिय गणेश भण्डारी लाई नेपाल प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ति गराई दिन्छु भन्दै प्रत्येक व्यक्तिबाट रु.२,५०,०००।(दुई लाख पचास हजार)ठगी गरेको बताईएको छ । उनलाई गत भदौ २७ गते काठ्माण्डौं महानगरपालिका वडा नं.५ महाराजगंज नजिकैबाट पक्राउ गरी अनुसन्धान भईरहेको  जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार
प्रतिक्रिया