पानी मुहान देखी मुख सम्म शुद्ध पानीका लागी उपभोक्ताको पहिलो सहयोग आबश्यक

तुलसीपुर, ३० भदौ ।
तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राणाले चालु आर्थिक वर्षलाई सडक वर्षको रुपमा मनाउने योजना रहेको बताएका छन् ।खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको ९ औ साधारणसभा तथा ट्रस भवन उद्घाटन कार्यक्रमलाई शनिवार खाद्रेमा सम्वोधन गदै उनले यस्तो बताएका हुन् ।
यस पटक वडामा सवै भन्दा धेरै बजेट सडकलाई छुट्याईएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वडा अध्यक्ष राणाले आफुहरु निर्वाचित भएपछि एक वर्ष सिकाईमै सकिएको भन्दै वडामा सडक, खानेपानी र सिचाई गरी तिन वटा विकास योजनालाई बढि प्राथमिकता दिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा नेता एवं जुरपानिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष टिकाराम खड्काले मुहान देखी मुख सम्म पानी पु¥याउनलाई उपभोक्ताको पहिलो सहयोग हुनुपर्ने बताएका छन् । साथै उनले उपभोक्ताहरुलाई शुद्ध पानी खुवाउनका लागी श्रोतलाई व्यवस्थित गरी टिटमेन्ट प्लान्ट बनाउनु पर्ने आबश्यक रहेको उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै दाङ जिल्ला खानेपानी सन्जालका अध्यक्ष खेमराज वलीले उपभोक्ताहरुको लगानीकै कारण नेपालमै खोनपानी संस्था नुमनायोग्य भएको बताएका छन् । उनले उपभोक्ताले आफै लगानी गर्ने र आफै उपभोग गर्ने गरेको बताएका छन् ।
समितिका अध्यक्ष शोभाराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकारहरु पुर्ण बहादुर खड्का, दोर्ण घर्ति, हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दोलक बहादुर खत्री, न्याउली सामुदायिक बन समुहका अध्यक्ष बल बहादुर नेपाली र सम्मानित हुने तर्फबाट गणेस प्रसाद गीरी लगाएतले बोलेका थिए ।
सभामा समितिका सचिव मिना आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने कोषाध्यक्ष हेम बहादुर थापाले आर्थिक वर्ष ०७४÷०७५ को पन्ध्र लाख छेपन्न हजार पाँच सय त्रिचालिस रुपैयाको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।समितिका उपाध्यक्ष तुलसी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका लेखा समिति संयोजक यज्ञ बहादुर टन्डनले गरेका थिए । सो अवसरमा उपभोक्ताहरुको तर्फबाट चन्द्रकली विक, कृष्ण विक, सल्लाहकारबाट गणेस प्रसाद गिरी र खानेपानी समितिमा योगदान गरेको भन्दै लिला बहादुर घर्तिलाई सम्मान गरीएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र ३० गते शनिवार
प्रतिक्रिया