अनुसन्धानमा संलग्न प्रहरीमाथी नै छानविन हुने

 काठमाडौ । कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको छ ।
उक्त घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानकुमार सेठी, मुद्दा शाखाका एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी अंगुर जीसी लगायतको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानविन गर्न एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

घटनाको विषयमा भएका अनुसन्धान र त्यसमा संलग्न अधिकारीहरुको गतिविधिबारे समितिले छानविन गर्ने प्रहरी प्रवक्ता शैलेस थापाले बताए ।कञ्चनपुर घटनामा प्रहरीको बद्मासीकै कारण सिंगो प्रहरी संगठनमाथी आम सर्वसाधारणले प्रश्न उठाएका छन् । सोही प्रकरणमा भएको आन्दोलनमा प्रहरीको गोली लागी एक ब्यक्तिको निधन भएको छ भने ६ जना घाईते भएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २८ गते बिहिवार
प्रतिक्रिया