प्रकाण्डलाई फेरी काठमाण्डौं लगिदै

तुलसीपुर,२७ भाद्र ।
नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट फेरी काठमाडौ लगीने भएको छ । उनलाई तुलसीपुरका तत्कालिन म्यादी प्रहरी बिनोद चौधरीको हत्या गरेको आरोप लागेपछि अनुसन्धानको भन्दै गत शुक्रवार २२ गते केन्द्रबाट दाङ ल्याईएको थियो ।

शुक्रवार दाङ ल्याईपु¥र्याएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासदमा राखेर आईतवार देखी सरकारी वकील मार्फत बयान सुरु गरीएको थियो । तर सर्वोच्च अदालतले फेरी काठमाडौ फिर्ता गर्न भनेपछि बुधवार काठमाडौ पठाउने तयारी गरीएको ईप्रका तुलसीपुरका डिएसपी प्रकास सापकोटाले बताएका छन ।प्रकाण्डलाई दाङ ल्याईएको ५ दिन पछि पुन काठमाडौ लगीने भएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र २७ गते बुधवार
प्रतिक्रिया