नेविसंघको १२ औं महाधिवेशन आगामी कात्तिकमा हुने

दाङ, २६ भदौ ।नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।तिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ ।

तर नेविसंघ महाधिवेशन भने कात्तिक १६ देखि १८ गतेसम्म गर्ने तय गरिएको छ । महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।

प्रकाशित मिति : २०७५ भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया