प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

दाङ, २५ भदौ ।संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । आज भएको सुनुवाईपछि समितिले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानन्यायाधीशका रुपमा मिश्रलाई नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २५ गते सोमवार
प्रतिक्रिया