हेलिकप्टर दुर्घटनामा परि पाईलट सहित ६ जनाको ज्यान गयो

दाङ, २३ भदौ ।गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्क विहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जना ज्यान गएकोे पुष्टि भएको छ ।एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर त्प् ठज्ञघटज्ञद्दण्टड रहेको पाईएको छ । सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको उक्त हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार
प्रतिक्रिया