नेकपाका प्रबक्ता प्रकाण्डलाई दाङ ल्याईयो

तुलसीपुर २२ भदौ ।

नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई दाङ ल्याईएको छ । केन्द्रबाट प्रबक्ता प्रकाण्डलाई शुक्रवार बेलुकी ६ वजेतिर दाङ ल्याईपु¥र्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्माले बताएका छन् ।

प्रकाण्डको डायरीमा प्रदेश तथा संघको चुनाबको समयमा कांग्रेसले गरेको चुनाबी सभामा बिथोल्न बम प्रहार गर्ने कुरा लेखिएको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याईएको एसपी शर्माले बताएका छन् । उक्त बम प्रहारबाट चुनाबी सभाको सुरक्षामा खटिएका तुलसीपुर उपमहानगरपालिका 12 क्वाङी निबासी २३ बर्षिय म्यादी प्रहरी बिनोद चौधरीको ज्यान गएकोे थियो ।

साही घटना प्रकाण्डको हात हुन सक्ने भन्दै ल्याईएको एसपी शर्माले बताएका छन् । उनका अनुसार दाङ ल्याईएको र त्यस बिषयमा थप अनुसन्धान हुनेछ ।

प्रकाशित मिति : २०७५ भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया