तुलसीपुर, २२ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।
७७ वटै जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने आयोगका प्रशासकिय प्रमख तुलसीप्रशाद थपलीयाले जानकारी दिएका छन् । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । तीनै तहको परीक्षाको लागि करीब २ सय २५ परीक्षा केन्द्र तोकिने भएको छ । कूल १२ हजार ७ सय ५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् ।
प्रकाशित मिति : २०७५ भाद्र २२ गते शुक्रवार