फेसबुक मार्फत चरीत्र हत्या गर्ने एक जना पक्राउ

तुलसीपुर,२१ भाद्र ।

फेसबुक मार्फत चरित्रहत्या गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका वडा नम्बर ९ निवासि टोपेन्द्र वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनले दिपेन्द्र डिसी र एकता डागीको नाम बाट फेसबुक खोलि सोही ठाउ निवासि दिपेन्द्र प्रकास डिसीको चरित्र हत्या गरेको जनाइएको छ ।

आफ्नो चरीत्र हत्या गर्ने उद्देश्यले फेसबुक मार्फत तथानाम कुराहरु गरी किङ्ग जङ्ग वली फेसबुक आईडि मार्फत उनले सार्वजनिक गरेको पिडीत डिसिले बताएका छन । गैर सरकारी संस्था सल्यानका अध्यक्ष समेत रहेका सोही डिसीले साउन १५ गते अपराध अनुसन्धान महाशाखा टेकुको साईवर क्राईम शाखामा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपु्रको टोलीले वलीलाई पक्राउ गरेको हो । उनलाई तुलसीपुरको बसपार्कमा लुकिछिपि बसेको अबस्थामा आज विहान पक्राउ गरिएको डिएसपी प्रकास सापकोटाले बताएका छन । यसबारेमा थप अनुसन्धान भैरहेको डिएसपी प्रकास सापकोटाले बताएका छन ।

प्रकाशित मिति : २०७५ भाद्र २१ गते बिहिवार
प्रतिक्रिया