१० वर्षिय छोरीलाई बलात्कार गर्ने को हुन् ति बाउ ?

काठमाडौ । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले अभियुक्तलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

पीडित बालिका १० को थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको छ । वालिकाको परिचय खुल्ने भयले प्रहरीले ति बाबुका वारेमा विस्तृत खुलाएको छैन । तर, पछिल्लो समय बलात्कार घटना बढेकोमा चिन्ता गर्नेहरु बढेका छन् ।

कञ्चनपुरमा १३ वर्षिय वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपनि अहिलेसम्म प्रहरीले बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । पछिल्लो एक महिनामा मुलुकका विभिन्न भागमा ३० भन्दा बढी वालवालिका बलात्कारको सिकार भएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार
प्रतिक्रिया