‘७५ प्रतिशतले परीक्षण नगरीएको पानी पिउँछन ’

 

ओपेन्द्र बस्नेत
तुलसीपुर २० भदौ/ दाङमा ७५ प्रतिशतले परीक्षण नगरीएको पानी पिउने गरेका छन् । मानव स्वास्थ्यका लागि दैनिक पानी परीक्षण गर्नु पर्ने भए पनि महिनौ दिनसम्म खानेपानी आयोजनाले पानी परीक्षण नगरी उपभोक्ताको धारा सम्म पानी पु¥याउने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका इन्जिनियर तीलक न्यौपानेले जानकारी दिए । दाङमा करिब पाँच लाख जनसंख्या छ ।  ‘पानी वितरण गर्नु भन्दा पहिल्य नै दैनिक पानी परीक्षण गरेर उपभोक्तालाई आज पानीको गुणस्तर यस्तो छ है भनेर जानकारी गराउनु पर्छ ’– इन्जिनियर न्यौपानेले भने, – ‘तर दाङमा त्यस्तो अवस्था छैन, हप्ता दिन त के महिनौ दिन सम्मपनि पानी परीक्षण हुँदैन् ।’

घण्टा घण्टामा पानीको गुणस्तर फरक हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले पानीको परीक्षण अनिवार्य गर्नु पर्ने डिभिजनले बताएको छ । इन्जिनियर न्यौपानेका अनुसार सामान्यतया हप्तमा एक पटक खानेपानी टंकी, धारा र पानी भर्ने भाँडा सफा राख्नु पर्छ । दाङमा भएका करिब ३ सय खानेपानी आयोजना मध्य २ सय ९३ वटा आयोजनामा पानी परीक्षण हुँदैन । पानी परीक्षण विनानै पानी वितरण गर्ने गरिएको छ ।
जिल्लामा तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी, नारायणपुर खानेपानी, घोराही खानेपानी, चौघेरा खानेपानी, बेलझुण्डी खानेपानी र लमही खानेपानी अयोजनामा मात्र पानी परीक्षणका लागि प्रयोगशाला राखीएको छ । परीक्षणका क्रममा पानीमा पोलीफर्म, अम्लीय तथा क्षारीय र धमीलोपना देखिएन भने त्यो पानी पिउन उपयुक्त मानिन्छ । पानी परीक्षणका लागि २७ वटा मापदण्ड भए पनि दाङकाको हकमा भने यी तीन कुरालाई आधार मानेर पानी परीक्षण गरे पुग्ने देखिन्छ ।
जिल्लामा मुहान मार्फत वितरण हुने अयोजना ६० प्रतिशत र डिपबोरीङ मार्फत वितरण हुने खानेपानी आयोजना ४० प्रतिशत छन् । डिभिजन कार्यालयको तथ्याङ्क अनुसार ५० प्रतिशतले पाइपलाईन मार्फत र २५ प्रतिशले कुवा, जरुवा र खोलाको पानी पीउने गरेका छन् ।

बेलैमा सचेत नभए महामारीको रुप लिनसक्छ : चिकित्सक
जिल्लामा यो अवस्था अत्यन्तै डरलाग्दो र जोखीमा युक्त रहेको चिकत्सकहरुले बताएका छन् । अधिकांस रोग पानीबाटै सर्ने भएकाले हेलचेक्राई गर्न नहुने राप्ती अंचल अस्पताल तुलसीपुरका मेडीकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले बताए । पानीबाट बिशेष गरी झाडापखला, आउँ, जन्डीस, रगतमासी, टाईडफाईड जस्ता रोगहरु लाग्ने भएकाले उपभोक्ताले घरेलु प्रविधि अपानाएर भए पनि पानी सुद्धिकरण गर्नु पर्ने उनले सुझाव दिए । डा. शर्माले भने ‘पानी, उमालेर, फिल्टर गरेर, तथा प्युस, वाटरगार्ड र सोडिस विधि द्धारा पानी सुद्धिकरण गरेर उपभोक्ताले पिउने हो भने, रोग नियन्त्रण र आर्थिक बचत गर्न सकिन्छ ।’

राज्यले व्यवस्था गर्नु पर्छ : संजाल
यता खानेपानीहरुको संगठन दाङ जिल्ला खानेपानी संजालले उपभोक्तालाई मुहान देखि मुख सम्म सुद्ध खानेपानी पु¥याउने दायितत्व राज्यको भएको बताएको छ । पानी परीक्षणका लागि प्रयोगशाला महंगो र प्राविधिक पनि नभएकाले उपभोक्ता समितिको सझेदारीमा यसको व्यवस्था स्थानीय सरकारले गर्नु पर्ने संजालका अध्यक्ष खेमराज वलीले बताए । उपभोक्तामा पानी सुद्धिकरण गरेर खानुपर्ने विषयका सन्धर्भमा विभिन्न समयमा तालिम, गोष्ठि र सचेनाका कार्यक्रमहरु गरिहेको भन्दै अध्यक्ष वलीलले स्थानीय सरकारले पनि यसमा गम्भिर रुपमा चासो दिनु पर्ने बताए ।

 

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार
प्रतिक्रिया