राप्ती गाउँपालिकाद्धारा दृष्टिविहिनलाई लत्ताकपडा वितरण

ओमप्रकाश गुप्ता,भालुवाङ २० भदौ । राप्ती गाउँपालिकाले दृष्टिविहिनहरुलाई लक्षित गरी लत्ताकपडा(सिकर डसना) वितरण गरेको छ । सोहि क्षेत्रको आदर्श नमुना माध्यामीक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई उक्त कपडा वितरण गरीएको हो । विद्यार्थीहरुलाई आवासमा सहजताका लागि भन्दै गाउँपालिकाले १५ सेट सिरक,डसना प्रदान गरेको विद्यालयका शिक्षक लोकमणि ज्ञवालीले जानकारी दिएका छन् ।
उक्त सामग्री प्रदान गदै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आम नागरिकको हित हुने गरी काम गर्ने बताउदै दृष्टिविहिनहरुको लागि थप सहयोग कार्यक्रम ल्याउने बताएका छन् । गाउँपालिकाका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, लेखापाल रेशमराज अधिकारी तथा आदर्श नमुना माध्यामीक विद्यालयको प्रधानाध्यापक तथा शिक्षक शिक्षिका तथा दृष्टिविहिन बाल बालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार
प्रतिक्रिया