५६औ नेपाल रेडक्रस स्थापना दिवस मनाईयो

तुलसीपुर, २० भदौ ।रेडक्रस सवै ठाउँमा सवैका लागी , भन्ने मुल नाराका साथ मंगलवार ५६औ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला दाङ शाखाले तुलसीपुरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रेडक्रसले समाजमा महत्वपुर्ण योगदान गरेको चर्चा गरेका थिए । उनीहरुले रेडक्रसले सेवा नै धर्म हो भन्ने मान्यताका साथ निस्वार्थ रुपमा समाज सेवा गरेको प्रशंसा गरेका थिए । जहाँ प्राकृतिक आपत विपत त्यहा रेडक्रस पुगेकोमा उनीहरुले प्रसंसा गरेका हुन् । जिल्ला सभापति नारायण आचार्यले विगतमा रेडक्रसले विपत आईपरेको अवस्थामा विभिन्न राहत सहयोग गदै आएकोमा पछिल्नो समयमा मानविय अधिकार संग जोडिएका हरेक क्षेत्रमा काम गदै आएको बताएका छन् ।

उनले हाल जिल्लामा चार वटा कार्यक्रम सन्चालन भईरहेको जानकारी दिदै राहात सहयोग देखी खानेपानी, सरसफाई,विपत व्यवस्थापन र उद्धार कार्य जस्ता कामहरु सन्चालन गदै आएको बताएका छन् । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारुले रेडक्रसको विश्वमा विशिष्ट स्थान हासील गरेको बताएका छन् । साथै उनले रेडक्रस नेपालमा मात्र नभई विश्वमा सामाजिक सेवा गरेको चर्चा गरेका थिए । सभापति आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्री नवराज रजौरे, मानव अधिकार सन्जालका अध्यक्ष केशव कुमार शर्मा, तुलसीपुर वडा नम्वर ५ का वडा सदस्य सुरेस श्रेष्ठ, तुलसीपुर उपशाखाका सभापति सेखर चन्द्र पोख्रेल, मध्यपश्चिम भलिवल संघका अध्यक्ष देवेन्द्रसिंह वैरागी, थारुकल्याणकारीणी सभाकि सदस्य सुमिता चौधरी पत्रकार बंशी शर्मा लगाएतले बोलेका थिए । शाखाका मन्त्री मदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला कार्यसमिति सदस्य दोर्ण बहादुर बस्नेतले गरेका थिए ।।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार
प्रतिक्रिया