भूमि ब्यबस्थापन भए छत्तीस लाखको हातमा लालपुर्जा: सांसद चौधरी

दाङ १९ भदौ ।

प्रतिनीधिसभा सदस्य मेटमणी चौधरीले राज्यले भुमिको ब्यबस्थापन गर्न सकेमा एकै पटक ३६ लाख बढी जनताले लालपुर्जा पाउने बताएका छन् । प्रतिनीधिसभामा सोमबारको बैठकमा भूमि सम्बन्धी सातौ संशोधनको सैद्धान्तिक छलफल गर्दै सांसद चौधरीले भुमि ब्यबस्थापन हुन सके एकै पटकमा ३६ लाख ५६ हजार २ सय ५ जनाले लालपुर्जा पाउने बताएका हुन् ।
एक सय ४५ बर्ष अगाडि डोरीले नापेको आधारमा काम चलाई रहेको भन्दै चौधरीले भुमि ढंगले ब्यबस्थापन हुन सकेमा सदियौँदेखि रहदै आएका समस्याहरु समाधान हुने उनको भनाई थियो । भूमिको उचित व्यबस्थापन गर्न सकेमा ६२ जिल्लाको साबिकका एक सय १४ गाबिसका सात सय ४० स्थानका जनताले जग्गाको स्वामित्व पाउने बताएका थिए ।
यस्तै गुठीको जमिनलाई अधिया शर्तमा व्यबस्थापन गर्दा दुई लाख २० हजार चार सय ९५ बिगाह जमिन ब्यबस्थापन हुने बताएका छन् । नेपालमा २९ लाख २४ हजार नौँ सय ६४ बिगाह मोही किसानहरुको संख्या रहेको भन्दै अधिया शर्तका आधारमा ब्यबस्थापन गर्न सकिने जसले सात लाख ३१ हजार दुई सय ४१ बिगहा जमिनको ब्यबस्थापन दाबी गरे ।
सही ढंगले जमिनको नापी हुन सकेमा भुमिमा देखिएका सबै प्रकारका समस्या समाधान हुने बताएका हुन् । यस्तो अबस्थामा देशमा कोही पनि जमिन नभएको जनता नहुने बताएका हुन् । भुमिमा गरीखानेहरुले भन्दा पनि सम्पन्न बर्गमा जमिनको अधिकार रहेको भन्दै समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया