तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ लाई बाल श्रम मुक्त वडा घोषणा गरिने

लक्ष्मण विश्वकर्मा , तुलसीपुर १७

सन् २०१७ सम्म तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ लाई बाल श्रम मुक्त वडा घोषणा गर्ने योजना रहेको छ । यस अघि साविक तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखिएको थियो तर त्यो सम्भव नभए पछि वडा नं. ४ लाई घोषणा गर्ने राखीएको भएपनि हाल उपमहानगरपालिका भईसकेपछि अव वडा नं. ५ लाई घोषणा गर्ने योजना रहेको उमहानगरपालिकाका फोकल प्रसन टोप बहादुर डाँगीले बताउनु भएको छ ।

कार्यालयका समाज कल्याण अधिकृत समेत रहनु भएका डाँगीले उपमहानगरपालिकाको १९ वटा वडा मध्य सवै भन्दा वढि वाल श्रम हुने क्षेत्र भनेकै वडा नं. ५ भएको भन्दै यसै वडालाई लक्षित गरी पहिलो वडाको रुपमा घोषणा गर्ने लक्ष्य रहेको उहाले बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका कार्यालयको आयोजनामा विहिवार तुलसीपुरमा आयोजना गरीएको वालवालिकाहरुका लागी बालश्रम न्युनिकरण सम्वन्धि एक दिने छलफल कार्यक्रममा अधिकृत डाँगीले यस्तो बताउनु भएको थियो ।

कार्यालयका निमित्त प्रमुख वरिष्ठ वित्तिय अधिकृत ललित बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा नव जागरण महिता तथा वाल संरक्षण केन्द्रका अध्यक्ष नवराज लामीछानेले बालमैत्री घोषणा गर्ने विषय चुनौती पुर्ण रहेको बताउनु भएको छ । बालश्रम न्युनिकरणका लागी विगत देखी विभिन्न सचेतना देखी शैक्षिक हयोग जस्ता विभिन्न कार्यक्रम सन्चालन गदै आएको जानकारी दिदै अध्यक्ष लामीछानेले पहिलेको तुलनामा पछिल्नो समयमा केहि कमी हुदै आएको बताउनु भयो ।  वाल मैत्री वडा घोषणा गर्नका लागी बालवालिका सम्वन्धि २७ वटा वाल सुचक पुरा गर्नुपर्ने बताउदै उहाले सवैको सहयोग पाउन सके वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न सकिने बताउनु भएको थियो ।

उहाले तुलसीपुर उपमहानगरपालिका भएसंगै यसको भुगोल फराकिलो भएको बताउदै उहाले सवै भन्दा वढि वालश्रम हुने क्षेत्र वजार क्षेत्र रहेकाले जहा वढि सम्भाव्यता त्यहिबाट सुरुवात गर्न लागेको बताउनु भयो । वजार क्षेत्रका होटेल,सवारी साधन,कवाडी उद्योग, ग्यारेज लगाएतका विभिन्न क्षेत्रमा बालश्रम हुने गरेको पाइएको छ अध्यक्ष लामीछानेले भन्नु भयो । वडा नं. ५ लाई घोषणा गर्ने लक्ष्य अनुसार पहिलो चरणको कार्यक्रम भएको जानकारी दिदै अध्यक्ष लामीछानेले टोल केन्द्रित कार्यक्रम तथा तथ्याङक संकलन गर्ने बताउनु भयो । वडा घोषणा गर्नका लागी विशेषगरी स्थानिय टोल विकास संस्थाको भुमिका रहने भनदै उहाले वडाका सम्पुर्ण टोल विकास संस्थालाई आग्रह गर्नुपर्ने बताउनु भयो ।

सो अवसरमा राप्ती अन्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख डा.लोकराज पराजुली, जिल्ला टेक्टर व्यवासायी समितिका कार्यालय प्रमुख केसव सापकोटा ,वडा नं. ५ का वडा सचिव सन्जय कुमार गुप्ता,सामाजिक परिचाक गंगा हमाल,धर्मराज वली, होटेल व्यवसायी समितिका सचिव निम बहादुर वस्नेत,वडा नागरिक मन्चका संयोजक प्रेम योगी , स्वर्गद्धारी टोल विकास संस्थाका अध्यक्ष लाल बहादुर विक लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा स्थानिय सासन तथा सामुदायिक विकास कार्यक्रम एल.जी.सी.डिपिका कार्यक्रम अधिकृत भिम बहादुर खत्री,कार्यक्रम संयोजक हेमन्त योगी, ज्ञानज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे,वाल क्लव,वडा नं. ५ का विभिन्न टोल विकास संस्था,वडा नागरिक मन्चका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कार्यालयका सुचना अधिकारी झरेन्द्र खरेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया