‘श्रीकृष्णजन्माष्टमी’को अवसरमा दाङका विभिन्न मन्दिरहरु भरिभराउ

तुलसीपुर, १७ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आईतवार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आईतवारको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भनिन्छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मीएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको कथन छ ।आईतवार देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुको साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् । आईतवार दाङ सहित विभिन्न स्थानका कृष्ण मन्दिरहरुमा भक्तालुजनहरुको विहानै देखी भिडभाड र घुईचो लाग्ने गरेको छ ।
दाङको धारापानी , अम्बिकेश्वरि, तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिर र दुधेनामा रहेको कृष्णमन्दिरमा भक्तजनहरुको घुईचो लागेको खवर प्राप्त भएको छ । यस्तै विभिन्न स्थानमा नाँचगान पनि भईरहेको छ । यस्तै ललितपुरको पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आईतवार बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । एक सय १६ वर्ष अगाडिदेखि श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको बनेपा ७ गाउँमा अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरुलाई विभिन्न विधिका साथ पूजा गरीएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार
प्रतिक्रिया