पत्रकार भरतराज शर्मालाई पितृ शोक

तुलसीपुर, १७ भदौ ।
नेपाल पत्रकार महासंघ दाङका सदस्य भरतराज शर्मालाई पितृ शोक परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ निवासी शर्माका बुवा खड्कपानी गैरेको शनिबार राती ८२ वर्षको उमेरमा निधन भएको उनका पारिवारिक श्रोतले जनाएको छ । पत्रकार शर्मा रेडियो स्वर्गद्धारीमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार
प्रतिक्रिया