राप्ती अंचल अस्पतालको मेसुमा डा. शर्मा नियुक्त

तुलसीपुर १७ भदौ
राप्ती अंचल अस्पताल तुलसीपुरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. सर्वेश शर्मा नियुक्त हुनुभएको छ । राप्ती अंचल अस्पतालमा कार्यरत बरिष्ठ फेम्ली फिजिसियन डा. शर्मालाई ८ भदौ २०७५ मा बसेको स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय बैठकले मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उहाँ भन्दा कनिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विनोद सिंङ निमित्त प्रमुखको रुपमा काम गर्दै आउनुभएको थियो । डाक्टर शर्माले आइतबार देखि कामको  जिम्मेवारी समहाल्नुभएको छ । डाक्टर शर्मा कहलिएका चिकित्सका रुपमा गनिनुहुनछ ।

 

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार
प्रतिक्रिया