शान्त तलाउ १५० औं श्रृङखलामा

तुलसीपुर, १६ भदौ
रेडियो कार्यक्रम शान्त तलाउको १५० औं श्रृङखलाको अवसरमा आज एक कार्यक्रमको आयोजना गरीएको छ । उक्त अवसरमा दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको रेडियो प्रकृति एफएमले एक कार्यक्रमको आयोजना गरी उत्सव मनाएको हो । कार्यक्रममा बरिष्ठ कार्यक्रम प्रस्तोता श्रेष्ठकी छोरी सुप्रिया श्रेष्ठले केक काटेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । १५० औ श्रृङखलाको अवसरमा बरिष्ट रेडियो कार्यक्रम सन्चालक तुफान बावु श्रेष्ठले क्रियाशिल पत्रकारहरुसगं सुझाव समेत लिनुभएको छ । श्रोताको माया र सद्भावले निरन्तर रुपमा कार्यक्रम सन्चालन हुदै यो स्थान सम्म आईपुगेको जानकारी गराउँदै बरिष्ट कार्यक्रम प्रस्तोता श्रेष्ठले आगामी दिनहरुमा निरन्तर रुपमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
रेडियो प्रकृतिले उत्पादन गरेको कार्यक्रम ‘शान्त तलाउ’ हरेक हप्ताको शनिवार राती सवा नौ वजे रेडियो प्रकृतिसंगै रेडियो मध्यपश्चिम, रेडियो हापुरे, सल्यानमा रेडियो कपुरकोट, रेडियो राप्ती, रुकुममा रेडियो चौरजहारी लगाएत ८ वटा रेडियो र चार वटा अनलाईनबाट एकैसाथ प्रशारण हुदै आएको छ ।
रेडियो स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न सन्चार माध्यमका प्रमुखहरुले निरन्तर रुपमा लामो समयमा सम्म कार्यक्रम चलाउने बरिष्ठ कार्यक्रम प्रस्तोता तुफानबाबु बाट अन्य कार्यक्रम प्रस्तोताले पनि प्रेरणा लिनु पर्ने बताउदै का थिए ।

स्रोताको मन जित्न सफल र लोकप्रिय कार्यक्रम हुदै जाओस भन्दै शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धुव्रराज न्यौपाने गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार
प्रतिक्रिया