दाङका खोपी रावत सल्यानमा मृत फेला

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, १६ भदौ ।
दाङ तुलसीपुर वडा नं. ९ बेलुवा निवासी ७० वर्षिय खोपी रावतको शव सल्यानको कपुरकोट गाउपालिका वडा नं. २ भकम भन्ने स्थानमा फेला परेको छ । रावतको शव स्थानिय साुमदायिक वनमा शुक्रवार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
मृतक रावत संगै उनका बुहारी भदौ ३ गते झारफुकका लागी कपुरकोट गएको भन्ने खुल्न आएको प्रहरी प्रमुख डिएसपि विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।त्यसपछि मृतक रावत सम्पर्क विहिन भएको बताईएको छ । उनी सम्पर्कमा नआएपछि उनका आफन्तीले तुलसीपुर ईलाका प्रहरी कार्यालयमा निवेदन समेत दिईएको जनाईएको छ । शव सडेको अवस्थामा भएपनि मृतकका परिवारले उनले लगाएका कपडा र अन्य बस्तुहरुबाट पुष्टि गरेको प्रहरीले जनाएको छ । शव हिजो फेला परे पनि प्रक्रिया पुरा गर्न ढिलाई भएकाले शनिवार पोष्ट मार्टमका लागी जिल्ला अस्पताल लगीएको जनाईएको छ ।घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार
प्रतिक्रिया