रुकुम पश्चिमका एक दम्पति मृत फेला

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर १६ भदौ । खोलाले बगाएर बेपत्ता भएका रुकुम पश्चिमकाका एक दम्पतिको शव दुई दिन पछि शनिवार विहान फेला परेको प्रहरीले जनाएको छ । बाँफीकोट गाउपालिका वडा नम्वर ८ का ५१ बर्षिय अमृत घर्ति र उनकी श्रीमती ४८ बर्षिया तुलसी घर्ति रहेको जिल्ला प्रहर िकार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ ।
उनीहरु गत १४ गते विहिवार वेपत्ता भएका थिए ।

उनीहरुको शव आज विहान बाँफिकोट गाउपालिका वडा नंम्वर ५ र ६ को विचमा पर्ने धाराखोलामा फेला परेको हो । गत विहिवार मृतकका दुवै जना आफनो छोराको माईत गएर घर फर्कने क्रममा बेलुकी ६ वजेतिर सोहि खोला तर्नेक्रममा बगेर बेपत्ता भएका थिए । उनीहरुको शव बगेको स्थान देखी ९÷१० मिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा सम्म शवलाई पोष्टमार्टमका लागी अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार
प्रतिक्रिया