मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारद्धारा डेढ लाख सहयोग

तुलसीपुर,१६ भदौ । सल्यानको बागचौर नगरपालिका वडा नं. ४ सेतोगुराँस स्थित घर भत्किदा ज्यान गुमाएका मृतकका आफन्तीलाई कर्णाली प्रदेस सरकारले एक लाख पचास हजार रुपैया सहयोग गरेको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहितको एक टोली शुक्रवार त्यहा पुगेर उक्त रकम मृतकका आफन्तीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
साथै मन्त्री ज्वाला र खड्ग बहादुर खत्रीले व्यक्तिगत रुपमा नगद १० हजार रुपैया आर्थिक सहयोग गरेका हुन् । राहत वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको बताईएको छ । गएको मंगलवार राती घर भत्किदा एकै परिवारका ५ जनाले ज्यान गुमाएका थिए ।

 

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार
प्रतिक्रिया