लक्ष्मण विश्वकर्मा ,दाङ ,१५ भदौ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले खसी चोरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ बस्ने ३० वर्षिय प्रकाश थापा रहेका छन् । पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्वर ५ बस्ने भिम बहादुर दलामीको बाख्राखोरबाट शुक्रवार विहान ५ वजेतिर खसी चोरेर भाग्दै गरेको अवस्थामा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई प्रहरी चौकी दोभान पाल्पाको टोलीले नियन्त्रण लिएको हो । उनलाई चोरी मुद्धा अन्र्तगत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तैगरी प्रहरीले जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्वर २ खुर्दी स्थित अवैधरुपमा लगाईएको गाँजा विहिवार नष्ट गरेको जनाईएको छ । प्रहरी सहायक निरीक्षक सन्तोष ज्ञवालीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानिय जनप्रतिनिधि,प्रहरी चौकी र स्थानियवासीको सहयोगमा गाँजा नष्ट गरीएको छ ।
प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार