सिसहनियामा विदाई कार्यक्रम

तिर्थराज ज्ञवाली
१५ भाद्र, सिसहनिया ( दाङ)  राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले नागरिकको सहयोगमा मात्रै प्रहरीले समाजमा शान्ति स्थापना गर्न सक्ने बताउनुभयो ।
सिसहनिया उद्योग बाणिज्य संघ को आयोजनामा प्रहरी चौकी सिसहनियाका प्रमुख मिन बहादुर खातीको विदाई तथा सरुवा भै आउनुभएका प्रमुख गिरीराज पोख्रेलको स्वागत कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि संयोजक चौधरीले प्रहरी उपस्थीत हुनु भनेको आम नागरिकले शान्ति, सद्भाव र सहयोगको प्रत्याभुति गर्ने उद्देश्य भएकाले नागरिकको जनभावना अनुसार काम गर्दै जान समेत प्रहरीलाई आग्रह गर्नुभएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको अध्यक्षता, भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र राज पाण्डे, राप्ती गाउँपालिका प्रबक्ता विद्याशरण चौधरी, वडा नं ५ का अध्यक्ष गोवर्धन रावत, वडा नं ६ का अध्यक्ष बेद प्रसाद चौधरी, वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर रानाले मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया