तुलसीपुर अटोभिलेजको किन गरियो अवलोकन ?

तुलसीपुर १४ भदौ
भरतपुर महानगरपालिका अटो मोबाईल व्यवसायी समितिले तुलसीपुर र घोराहीमा बन्दै गरेको अटो भिलेजको अवलोकन गरेको छ । करिब २० विगाह क्षेत्रफलमा बन्न लागेको अटोभिलेजलाई थप व्यवस्थीत र आकर्षक बनाउन दाङका दुई ठूला उपमहागरापलिाकामा बन्दै गरेको अटोभिलेजको अनुगमण गरिएको अनुगमण कार्यदलका प्रमुख खिमलाल भण्डारीले जानकारी दिनुभयो ।

अनुगमणका क्रममा भरतपुर महानगरपालिका अटो मोबाईल व्यवसायी समितिका संयोजक समेत रहेका भण्डारीले नेपालमा पहिलो पटक ठूलो क्षेत्रफलमा बन्न लागेको अटोभिलेजलाई नमुना योग्य र व्यवस्थीत बनाउन दाङमा बन्न लागेका अटोभिलेजको अवलोकन गर्न आएको बताउनुभयो । ‘हामीहरु सुरुवाती चरणमा भएकाले भन्नु पर्ने कुरा छैन,’ संयोजक भण्डारीले भन्नुभयो,‘ हामीले यहाँबाट धेरै कुरा सिक्यौ र अनुभव प्राप्त गर्यौं । ’

सो अवसरमा उपमहागनरपालिको तर्फबाट इन्जिनियर पवन योगी र व्यवसायीको तर्फबाट तुलसीपुर अटो व्यवसायी संघका अध्यक्ष टोपबहादुर महतारा र अटो व्यवसायी यमप्रसाद भुसालले अवलोकन टोलीलाई निर्माणाधिन अटोभिलेजका बारेमा जानकारी गराएका थिए । अवलोकन टोलीमा अटो व्यवसायी, वडाध्यक्ष, इन्जिनियर, र भरतपुर उद्योगबाणीज्य संघका प्रतिनिधीहरुकोको सहभागिता रहेको तुलसीुर अटो व्यवसायी संघका सचिव कमल गौतमले जानकारी दिनुयभो ।

प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार
प्रतिक्रिया