चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा हुँदै,भारततीय प्रधानमन्त्री मोदी आईपुगे

काठमाडौ ,१४ भदौ ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजदेखि राजधानी काठमाडौंमा सुरु हुँदैछ । ‘शान्ति, समृद्ध र दिगोतर्फ बंगालको खाडी क्षेत्र’ नारासहित सुरु हुने सम्मेलन भोलि नयाँ एजेण्डामा जाने निर्णयसहित सकिनेछ ।शिखर सम्मेलनमा सहभागी हुन राष्ट्र एवं सरकार प्रमुख काठमाडौ आईपुगेका छन् भने कतिपय मुलुकका राष्ट्र एवं सरकार प्रमुख आज आउने क्रम जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
आज अपरान्ह ४ बजे सम्मेलनको उद्घाटन हुनेछ ।

प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार
प्रतिक्रिया