तुलसीपुर, १४ भदौ । सल्यानमा घर भत्किदा ज्यान गुमाएका मृतकका आफन्तीलाई जिल्ला प्रशासन कार्यालयले तत्काल एक लाख रुपैया उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिएका छन् । घटना पछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बुधवार घटना स्थलको अवलोकन गरेको थियो ।
अवलोकन पछि मृतकहरुको काज किरिया खर्चको लागी हाल केहि रकम सहयोग गरेको र कानुनी प्रक्रिया अनुसार थप राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएका छन् । उक्त रकम मृतक रामसिंह विकका बुवालाई हस्तान्तरण गरीएको हो । बागचौर नगरपालिका ४ सेतोगुराँस स्थित मंगलवार राती ९ वजेतिर घर भत्किदा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार