तुलसीपुर,१४ भदौ ।ट्रकले ठक्कर दिदा एक जना घाईते भएका छन् । बा ४ ख १६८८ नम्वरको मिनिट्रकले रा ३ प ३७४७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक तुलसीपुर १२ का देव बहादुर डाँगी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बुधवार साँझ साढे ६ वजेतिर जसपुर नजिकै मिनिट्रकले मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।घाईते डाँगीको नेपालगन्ज नसिंङ होममा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार