घर भत्किदा सल्यानमा एकै घरका ५ जनाको मृत्यु

बुद्धि पुन, सल्यान १३ भदौ ।
सल्यानमा घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यू भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको ज्यान गएको हो ।

मंगलबार राती ९ बजे तीर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा एउटै परिवारका ६ जना मध्ये ५ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यू हुनेमा बुवाआमा सहित २ छोरी र १ छोराको रहेका छन् । मृत्यू हुनेमा ४० बर्षिय बुवा रामसिंह कामी, ३५ बर्षिय आमा राम कला कामी रहेका छन् ।

यस्तै छोरीद्धय ७ बर्षिय गगां बिक, ६ बर्षिय प्रमिला बिक र छोरा ४ बर्षिय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा परिवारसँगै सुतेकी रामसिंह कै अन्दाजी ११ बर्षिया सुनिता बिक घाईते भएकी छिन् । घटनाको बिषयमा थप जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार
प्रतिक्रिया